चार वर्षको मेहनतपछी धौलागिरी पदमार्गको नक्सा तयार (फोटो फिचरसहित)

बिहिबार, चैत्र १०, २०७३

- धनवीर दाहाल



अव पर्यटन प्रर्बद्धनमा महोत्वपुर्ण उपलब्धी

रुकुम । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीले चार बर्ष लगाएर पश्चिम धौलागिरी पदमार्गको नक्सा तयार गरेका छन् ।
बिभिन्न निकायको सहयोग र समन्वयमा उनले हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरि पहिचान गरिएको ‘पश्चिम धौलागिरी’ पदमार्गको नक्सा तयार पारेका हुन् ।

साथै रुकुमलाई पर्यटकिय केन्द्र बनाउका लागी कान्जीरवा हिमश्रंखला र धौवलागिरी हिमश्रंखलाको सबै भुभाग नक्सामा राखिएको छ । हिमाली क्षेत्रलाई समेटी विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको नक्सा सार्वजनिक गरिएको हो ।

सो नक्सा तयार गरिएपछि रुकुम, म्याग्दी, डोल्पा,जाजरकोट लगाएतका जिल्लामा पर्यटन प्रर्बद्धनमा ठुलो टेवा पुग्ने बिश्वास गरिएको छ । धेरै पहिले म्याग्दीको गुर्जाका सर्वसाधारण रुकुम डोल्पा आवत जावत गर्ने गरेको आधारमा त्यसै रुटमा थप अनुसन्धान र स्थलगत अवलोकन गरि उक्त पदमार्गको पहिचान गरिएको हो ।

चार बर्षको अध्ययन अनुसंधानबाट पहिचान गरिएको यस पश्चिम धौलागिरी पदमार्गलाई मुख्यतया उचाईको आधारमा तीन चरण विभाजन गरिएको छ । माथिल्लो भेगलाई समावेश गरिएका उच्च हिमाली क्षेत्र र हिमालका आधार शिविरहरुलाई छोइएको छ भने तल्लो भेगलाई समावेश गरिएको टे«कलाई पहाडि भुगोल र हिमालको दृश्यावलोकन गर्न सकिने गरि नक्साङ्कन गरिएको छ ।

अधिकांश ठाँउमा आफै पुगेर उनले नक्सा तयार गरेपछि रुकुममा यसको चर्चा निकै बढेको छ । रुकुमको पर्यटन विकासमा निकै ठुलो कोसेढुंगा भएको जिल्ला समन्वय समिती रुकुमका सुचना अधिकृत चिन्तामणी दाहालले बताए ।

पदमार्गको नक्साङकन अनुसार तल्लो ट्रान्स धौलागिरी पदमार्गमा भम्रणमा जाने पर्यटकहरु मुस्ताङको लेतेबाट सुरु गरि फेदी–म्याग्दीको कुईनेमंगले हुँदै मुदीको खिबाङमा पुगेर माथिल्लो पश्चिम धौलागिरी पदमार्गमा जोडिन्छ । पुथा र चुरेन हिमाललाई समेटीएको पदमार्गलाई माथिल्लो पश्चिम धौलागिरी नामाकरण गरिएको छ ।

यो पदमार्गको सुरुवात विन्दु म्याग्दीको गुर्जा पुगेर त्यहाँबाट चुरेन र पुथा हिमालको बेस क्याम्प पुगेर त्यहाँबाट इच्छा अनुसार डोल्पा, रुकुम र ढोरपाटन आरक्ष क्षेत्रमा पुगेर पदयात्रा अन्त्य गर्न सकिने पर्वतारोही मनबहादुर खत्रीले बताए । त्यसैगरि तल्लो धौलागिरी ट्रेकमा दरबाङ, मुना, लुलाङ हुँदै गुर्जा पुगेर एकराते, फलियाघर , रुकुमको वारमीपारमी , दोगाडी खोला, मैकोट अथवा सिस्ने बस्ती हुदै स्यार्पू तालमा पुगेर यात्रा टुंगीने गरि नक्सांकन गरिएको छ । यसै गरी चौथो बिकल्पको रुपमा पहिचान गरिएको ढोरपाटन कल्चरल ट्रेक अन्र्तगत गुर्जा हँुदै गुर्जाघाट, रुघाचौर, मैकोट, रन्मा, अर्जल हुँदै सिस्नेको चारगाउँ निस्कने गरि पदमार्गको पहिचान गरिएको छ ।

धेरै बर्ष पहिले गुर्जाका स्थानीयबासीन्दाले नुन लिनको लागि प्रयोग गरेको गुर्जा– डोल्पा पैदल मार्गलाई नै आधार बनाएर दुबै तर्फका हिमाली भूगोलाई समाबेश गरि पश्चिम धौलागिरी पदमार्ग पहिचान गरिएको खत्रीले बताए । पदमार्गमा मनोरम हिमश्रङ्खला, थरिथरीका जंगली फुल, जडिबुटी, चराचुरुङ्गी, हिमाली र जंगली जनावर, प्राकृतिक भू–वनोट प्रमुख आकषण रहेका छन् भने क्षेत्री, दलित, मगर र छन्त्याल समुदायको मौलिक कला संस्कृति समेत थप आकर्षण हुने छन् ।

सडक सञ्जालले नछोएको र भविष्यमा समेत प्रत्येक्ष प्रभाव पार्न नसक्ने गरि पहिचान गरिएको पदमार्ग भएकाले प्राकृतिक सौन्दर्यतामा रमाउन खोज्ने पर्यटकहरुको लागि यो पदमार्ग उत्तम मानिने खत्री को दावी छ । उच्च हिमाली क्षेत्रमा पदयात्रा गरि पदमार्ग पहिचान गर्न निकै कठिनाई भएको उनको अनुभव छ ।

पर्यटकीय हिसावले रुकुमलाई युद्ध पर्यटनको रुपमा विकास गर्ने भनि जिल्लामा पहल भइरहेको बेला यो तयार भएको नक्साले झनै ठुलो टेवा पुगेको सरोकारवालाको भनाई छ ।dhaulagiri4

तस्वीरहरु: मनबहादुर खत्री

dhaulagiri3

dhaulagiri2

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments