टोटेनहम प्रशिक्षक माउरिसियो बर्खास्त

बुधबार, मंसिर ४, २०७६



एजेन्सी । प्रिमियर लिग क्लबममा पाँच वर्ष प्रशिक्षकको भूमिका निभाएका माउरिसियो पोचिटिनोलाई बर्खास्त भएका  छन् ।  पोचिटिनोलाई क्लबले सन् २०१४ मा अनुबन्ध गरेको थियो ।

टोटेनहमले यो सिजन उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । टोटेनहम हाल तालिकाको १४ औँ स्थानमा छ ।

टोटेनहम जोसे माउरिन्होलाई क्लबमा भित्राउने लक्ष्यमा रहेको छ । माउरिन्हो यसअघि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक रहेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata