बेलायतको भावी प्रधानमन्त्री छनोट प्रक्रिया अन्तिम चरणमा

शुक्रबार, असार ६, २०७६



एजेन्सी । बेलायतमा भावी प्रधानमन्त्री  छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको छ  । बेलायतको कन्जरभेटिभ पार्टीबाट भावी प्रधानमन्त्री छनौट प्रक्रिया चलिरहँदा अन्तिम दुई जनामा  मी हन्ट वा बोरिस जोहन्सन परेका छन् ।  दुई जना मध्ये एक जना मात्रै प्रधानमन्त्री  पदमा  नियुक्त हुनेछन्  ।  ती मध्ये एक जना स्वत: फालिनेछन्  र अर्का प्रधानमन्त्री हुनेछन् । यो प्रक्रिया जुलाई २२ मा टुंगो लाग्ने जनाइएको छ ।

अहिलेका प्रधानमन्त्री टेरेसा मेले ब्रेक्जिटको मामिलामा संसदको सहमति हासिल गर्न नसकेपछि यही जुन ७ मा राजीनामा दिएकी थिइन् । हाल उनी कामचलाउ प्रधानमन्त्रीको रुपमा कार्यरत छिन् ।

अहिले छानिएका मध्ये हन्ट सन् २०१८ देखि बेलायतका विदेशमन्त्री रहँदै आएका छन् । ५२ वर्षिय उनी सन् २००५ देखि नै बेलायती संसदको सदस्य रहँदै आएका हुन् । त्यस्तै  पूर्व पत्रकार समेत रहेका  ५५ वर्षिय जोहन्सन सन् २०१५ पछि बेलायतको संसदका सदस्य रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata