टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना थप शाखाहरु ग्रामथान र दमकमा उद्घाटन गर्यो

आइतवार, पुस २३, २०७४



टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा मोरङ्ग जिल्ला स्थित ग्रामथान शाखा र झापा जिल्ला स्थित दमक शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकद्वारा आईतबार आयोजित छुट्टाछुट्टै विशेष कार्यक्रमका बीच दुवै शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे ।

यसैसाथ बैंकको शाखा संख्या ३५ र ४ एक्सटेन्सन काउन्टर गरी कुल ३९ पुगेको छ । साथै निकट भविष्यमा बैंकले थप १ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर थप्दै चांडै नै कुल शाखा संख्या ३६ र एक्सटेन्सन काउन्टर ५ पुर्याउने लक्ष्यका साथ काम भइरहेको जनाएको छ ।

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank