माओवादी नेता रायमाझिले पार्टी छाड्दै, एमालेमा प्रवेश गर्न छलफल

loading...

बुधबार, मंसिर १५, २०७३



काठमाडौं १५ मंसिर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पार्टी छाड्ने भएका छन् । पार्टीभित्र असहमतिका बाबजुत संसोधन प्रस्ताव ल्याएको भन्दै संसदीइ दलको उपनेता समेत रहेका रायमाझिले माओवादी केन्द्र छाड्ने निर्णय गरेका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने त्यसको जानकारी गराएका छ्रनन । मंगलबार राति सरकारले ५ नम्बर प्रदेश टुक्राउँदै संसोधन प्रस्ताव दर्ता गरेको छ । नेता रायमाझीले ५ नम्बर प्रदेश टुक्र्याउन खाजे प्रस्तावको विपक्षमा जाने पोलिटब्युरो बैठकमा नै चेतावनी दिइसकेका थिए ।

आजै पार्टी छाडेको भन्ने होइन तर जनताको भावना नबुझ्ने पाटीमा बसिरहनु पर्छ भन्नेपनि छैन’ रायमाझिले भने, केहीदिनमा पार्टीमा रहने की नरहने भन्नेमा मेरो निर्णय आउनेछ । ’

आफु निकटस्थ नेताहरुलाई उनले आफु माओवादी केन्द्र छाड्ने निस्कर्षमा पुगेको बताएका छन् । त्यसको जानकारी उनले सीमांकन टुक्र्याएको विरुद्धमा सँगै रहेका एमाले उपमहासचिव विष्णुपौडेल र कांग्रेस नेता चन्द्र भण्डारीलाई दिइसकेका छन् । नेता रायमाझिले भने अहिले नै पार्टी छाड्न नलागेको बताए । नेपालीपाटीसँग छोटो प्रतिक्रिया दिदै रायमाझिले आबश्यक परे पार्टी छाड्ने तर निर्णयमा पुगि नसकेको बताए ।

‘आजै पार्टी छाडेको भन्ने होइन तर जनताको भावना नबुझ्ने पाटीमा बसिरहनु पर्छ भन्नेपनि छैन’ रायमाझिले भने, केहीदिनमा पार्टीमा रहने की नरहने भन्नेमा मेरो निर्णय आउनेछ । ’ स्रोतका अनुसार उनी प्रमुख प्रतिपक्ष नेकपा एमालेमा प्रवेश गर्ने विषयमा पनि छलफल भइरहेको छ । उपमहासचिव विष्णु पौडेलको सहजीकरणमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटि सकेका छन् ।

43053 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom