टोकियोका एक प्रेमीले आफ्नो प्रेमिकालाई यसरी गरे प्रेम प्रस्ताव, बनिदियो विश्व रेकर्ड

६ महिनामा सात हजार किलोमिटरको यात्रा तय

शुक्रबार, चैत्र २९, २०७५



काठमाडौं । एउटा अनौठो प्रेमकहानी पछिल्लो समय चर्चाको विषय बनेको छ । जापनका एक युवक यासुशी ताकाशाहीले आफ्नी प्रेमिका नातासुकीलाई राखेको अविश्वासनीय प्रेम प्रस्ताव चर्चाको केन्द्र बनेको हो। उनले प्रेमिकालाई गुगल अर्थको मद्दतले जापानको नक्सामा ‘म्यारी मी’ लेखेर विवाहकोलागि  प्रस्ताव गरेका हुन् ।

ग्फद्ग्फ्ग

यसका लागि उनले जीपीएसको प्रयोग गरेर ६ महिनामा सात हजार किलोमिटरको यात्रा तय गरे । उनको यो अचम्मको प्रेम प्रस्ताव राख्ने तरिकालाई गिनिज बुकले सबैभन्दा लामो ‘जिपिएस ड्रइंग’ मान्दै विश्व रेकर्डमा समावेश गरेको छ ।

yasaaan

उनको यो प्रस्तावसँगसँगै दुनियाँभरका प्रेमीहरु आफूले त्यसो गर्न नसकेकोमा पछुताएको एवं त्यस्तो गर्न उत्साहित बनेको समाचार प्रकाशनमा आइरहेका छन् ।

नातासुकीले जब यसबारे थाहा पाइन उनले  आफूले यासुशी  विवाहको प्रस्ताव अस्विकार गर्न नसकेको बताएकी छन् । द्फस्फ्द

गुगलले यासुशीको यस प्रकारक  अप्रत्याशित यात्राको कहानी ट्वीट गरेर जानकारी दिए ।

ग्फ्हग्ध

प्रपोजललाई मात्र स्मरणीय बनाएको बताएः

टोकियोमा बस्ने यासुशी ताकाशाही उर्फ यासान सन् २००८ मै  आफ्नी प्रेमिकालाई प्रस्ताव राख्न चाहन्थे । तर  उनले यस प्रस्तावलाई स्मरणीय बनाउने सोचे । यसका लागि उनले १० वर्षसम्म अनुसन्धान गरे । जसमार्फत  गुगल अर्थ र स्ट्रीट भ्यूका साथै जिपिएस आर्ट बनाए । स्फ्दफ्सद्फ्ड्स

निर्धारित रुटमा यात्रा गरेः

यासानले जापानको नक्सामा म्यारी मी र मुटु अंकित चित्र बनाउनका लागि निर्धारित रुटमा यात्रा शुरु गरे । यसका लागि आफूसँग जिपिएस डिभाइस राखे । त्यसपछि यो रुटलाई म्यापिङ टूल गूगल अर्थमा अपलोड गरे । यसलाई जापानको पूरा नक्सामा देख्न सकिन्छ ।

ग्फ्ह्दघद्फ्द

यस कामका लागि यासानले आफ्नो जागिर छोडिदिए र यात्रा गर्ने योजना बनाए । उनले होक्काइडो आइल्याण्डबाट यात्रा शुरु गरेर कोगोशिमाको तट पूरा गरे । ६ महिनामा उनले करिब ७ हजार एक सय ६४  किलोमिटरको  यात्रा गरे ।

स्फ्ग्स

फ्ग्ध्द

यात्राको क्रममा आफ्ना तिता-मिठा भोगाईहरु पनि उनले सार्वजनिक गरेका छन् । कार, फेरि र पैदल गरि उनले आफूले तयार पारीको नक्सा पछ्छाएका हुन् ।

यस यात्राको क्रममा उनले मिठा परिकार र आरामदायी बसोबास पनि भेट्टाए । तर प्रायत उनी आफ्नो यात्रा कठिन रहेको बताउँछन्  ।yaasana

उनकी प्रेमिकाले उक्त सरप्राइज पश्चात  भनिन्, ‘म यो सरप्राइजबारे सोच्न पनि सक्दिनथेँ ।’ उनले भनिन्, ‘उनीप्रति मेरो प्रेम संसारको सबैभन्दा महान प्रेम जस्तो लाग्छ । म यो प्रस्ताव भित्री मनदेखि स्विकार गर्छु ।’

फ्गद्फ्ध

भिडियोमा हेर्नुहोस्;

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata