टोखामा एक युवकको शव भेटियो

शुक्रबार, जेष्ठ १०, २०७६



काठमाडौं । काठमाडौंको टोखामा एक युवकको शव भेटिएको छ । टोखानजिकै ढुंगाको थुप्रोमाथि युवाको शव भेटिएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (डिएसपी) होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

 अन्दाजी २७/२८ वर्षका युवकको शनाखत हुन सकेको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीका अनुसार युवाको साथमा प्रतिबन्धित लागुऔषध गाजा भेटिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata