रितुको पहिलो गजल संग्रह ‘तितामीठा पलहरु’ सार्वजनिक

आइतवार, पुस २२, २०७५



काठमाडौं। बाजुराको भुमिमा जन्मिएकी रिता शाही शाह रितुको पहिलो गजल संग्रह विमोचन भएको छ ।  सप्तरगी साहित्य प्रतिष्ठान काठमाडौंको आयोजनामा युवा गजलकार शाहीको पहिलो गजल संग्रह तितामीठापलहरु बिमोचन गरिएको हो ।

घट्टेकुलो विकास समाजको सभाहलमा भएको उक्त कार्यक्रममा विभिन्न विधाका साहित्यकार,अधिबक्ता,पत्रकार लगाएतको बाक्लो उपस्थिती रहेको थियो ।

गजल संग्रहको साहित्यकार,लेखक तथा समालोचक हरिभत्त सिग्देलले विमोचन गरेका थिए । शाहीको पहिलो गजल संग्रहमा समाजमा भएका कुरीति कुसंस्कार, राजनैतिक, जनचेतना लगायतका विषयबस्तु समेटिएका छन्। कार्यक्रममा बोल्ने वक्ताहरुले शाहीको लेखन शैलीको प्रशंशा गरेका छन् ।

पुस्तक लेखनका सम्बन्धमा शाहीले पहिलो प्रयास सफल भएकोमा खुसी व्यक्त गर्दै आफुले समाजमा साहित्यकका क्षेत्रबाट नै केही गर्नपर्छ भन्ने कुरामा सफल भएको जनाएकी छिन् । साथै आफ्नो लेखनलाई निरन्तरता दिदैं लगत्तै अर्काे कोसेली प्रकाशन गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata