नयाँ बन्ने सञ्चार नीतिबारे शंका नगरौं : मुख्यमन्त्री भट्ट

बिहिबार, असार २१, २०७५



कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले अब तर्जुमा गर्ने सञ्चार नीति र कानूनबारे सञ्चारकर्मीले कुनै शंका गर्न नपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौंद्वारा आज धनगढीमा आयोजित सञ्चार नीति र कानून विषयको एक अन्तरक्रियामा मुख्यमन्त्री भट्टले सबैले अपनत्व महसुस गर्न सक्ने किसिमको कानून बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।

मुख्यमन्त्री भट्टले भने, “७ नं प्रदेशका पत्रकार तथा सञ्चारमाध्यमका सन्दर्भमा केही न केही नयाँ कुरा गरौँ भन्ने मेरो आफ्नो व्यक्तिगत सोच पनि हो र मैले यसबारे अध्ययन पनि गरिरहेको छु ।”

त्यसैगरी, अन्तरक्रिया कार्यक्रममा प्रदेश नं ७ नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले उत्कृष्ट सञ्चार नीति बनाउने सवालमा प्रदेश सरकारलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले भने, “सञ्चारकर्मीलाई आफ्नो कामप्रति गौरवान्वित र उत्साहजनक हुने खालको सञ्चार नीति बनाइनु पर्दछ ।”

कार्यक्रममा सहभागी अधिकांश सञ्चारकर्मीले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले अब बनाउने सञ्चार नीति संरक्षणमुखी र नियन्त्रणमुखी नभई सञ्चारकर्मीलाई प्रवद्र्धन गर्ने किसिमको हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

पत्रकार महासंघ प्रदेश नं ७ का अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, प्रदेश नं ७ का वरिष्ठ पत्रकार लगायतको सहभागिता रहेको थियो ।

427 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank