भू-उपयोग नीति अबलम्बन गर्ने गरी कानुन निर्माण गर्छाै : मुख्यमन्त्री भट्ट

शुक्रबार, चैत्र १६, २०७४



धनगढी । प्रदेश -७ का मुख्यमन्त्री त्रिलोचन भट्टले  भू उपयोग नीति अबलम्बन गर्ने गरी कानुन निर्माण गर्ने बताएका छन् ।  मुख्यमन्त्री भट्टले कृषिलाई प्राथमिकतामा राखेर जनमूखि कार्यक्रम र योजना बनाउन मन्त्रालय मातहतका कर्मचारीहरुलाई निर्देशन समेत  दिएका छन् ।

शुक्रबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री  भट्टले कृषिबाट मात्रै स्वरोजगारी प्राप्त गर्न सकिने भएकोले कृषिलाई प्राथमिकतामा राखेर योजनातर्जुमा गर्नुपर्नेमा जोड दिए । उनले हिमाल,पहाड र तराई मिलेर बनेको ७ नम्बर प्रदेशमा कृषिको अथाह संभावना भएको बताउँदै कृषिलाई व्यवसायिकतातर्फ उन्मुख गराउन प्रदेश सरकारले कृषिमैत्री बजेट ल्याउने बताए । उनले प्रदेश सरकारले बजेट र कानुन निर्माण गरिरहेकोले त्यसमा सल्लाह सुझाव दिएर सहयोग गर्न सरोकारवालाई आग्रह गरेका छन् ।

प्रदेश सरकारले भू उपयोग निती अबलम्बन गर्ने गरी कानुन निर्माण गर्ने बताउँदैे खेतीयोग्य जमिन घरेडीमा विक्री गर्ने प्रचनललाई व्यवस्थित गर्नु पर्नेमा जोड दिएका छन् । उत्पादनशिल क्षेत्रमा बस्ती बसाउने काम भइरहेको छ, त्यसलाई व्यबस्थित गर्न आवश्यक कानुन निर्माण आवश्यक रहेको बताए । प्रदेश- ७ मा सुकुम्बासी, मुक्तकमैया, हलिया, बाढीपीडित लगायतका थुप्रै समस्या भएकोले उनीहरुको व्यवस्थापनका लागि पहल गरिने मुख्यमन्त्री भट्टको भनाइ छ ।

त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेश ७ जल, जङगल र जमिन प्राकृतिक स्रोत साधनले धनी भएको बताउँदै यो प्रदेशको समृद्धिका लागि ती स्रोत साधनको दोहोन गरे आर्थिक सम्बृद्धि हासिल गर्न सकिने बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जमा सम्बन्धि अन्तरक्रिया कार्यक्रमको अध्यक्षता मन्त्री विनिता चौधरीले गरेकी थिइन् ।

152 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank