व्यवसायीद्वारा गाउँ विस्थापित

तीन दिन देखि स्थानियहरुले गरे टिपरलाई निषेध

शुक्रबार, मंसिर १७, २०७३

- शुकदेव थपलिया, काभ्रे



दैनिक करोडौ कमाउने व्यवसायीहरुले गाउँ नै बिस्तापित हुने गरि टिपर गुडाउन थालेपछि स्थानियबासीहरुले आक्रोश व्यक्त गरेका छन् । टिपरहरुले धुलो उडाएर बस्तीहरुलाई नै विस्तापित गराउन थालेपछि स्थानियहरुले टिपर चल्नलाई निषेध गरेका छन् ।पटक पटक  देखी नै स्थानियले सो ठाउँमा टिपरको ज्यादती बारे व्यवसायीलाई कुरा राख्दै आएपनि सो कुराको वेवास्था गरेपछि उनीहरुले टिपर निषेध गरेको बताएका छन् ।

पनौती ९को भित्रि रुट हुँदै दैनिक १ हजार भन्दा बडि टिपरहरु आवागमन हुने गर्दै आएको सो ठाउँ वरिपरिका बस्तीमा धुलो पारेर स्थानिय बस्तीहरुलाई प्रभावित बनाएपछि स्थानियहरुले टिपरलाई  निषेध गरेका हुन् ।क्रसर उद्योग,ढुङगा खानी रहेको सो क्षेत्रमा चल्ने टिपरहरुलाई केही बर्ष अघिदेखि नै व्यवसायीहरुले स्थानियसँग गरेको सम्झौता कार्यन्वयन नभएको भन्दै उनिहरुले टिपरलाई निषेध गरेको बताएका छन् ।

स्थानियहरुसँग व्यवसायीहरुले गरेको सम्झौतामा रातको समयमा टिपर सञ्चालन नगर्नै ,विद्यार्थीहरु बिद्यालय आवागमनको समय ९–१०,३–४ मा टिपर नचलाउने,धुलाम्मे सडकमा दैनिक ३ चोटी सम्म पानि हाल्ने जस्ता सम्झौताहरु कुनै पनि कार्यन्वयन नभएको भन्दै उनीहरुले टिपरलाई निषेध गरेको बताएका छन् ।

टिपर निषेध गरेको बिषय बारे क्रसर व्यवसायी धन ध्वज तामाङले पानी हाल्ने मेशिन बिग्रीएकोले यस्तो समस्या आएको बताएका छन् । यता अर्का व्यवसायी दिपक भण्डारीले भने आफुलाई केही थाहै नभएको बताएका छन् । भने अर्का व्यवसायी ढुङगा खानी सञ्चालक हरिहर लामिछानेले भने भोलीबाटै पुनः सहमती हुने र टिपर सुचारु हुने बताएका छन् । भने यता स्थानियले भएका सम्झौताहरु कार्यन्वयन नभए सम्म टिपरलाई कुनै हालतमा पनि निषेध गर्ने नै रहेको उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र केसीले बताएका छन् ।

जिल्लाको विभिन्न क्षेत्रमा व्यवसायीहरुले यसरी नै क्रसर उद्योगहरु सञ्चालन गर्नै गर्दै आएको र २४ घण्टा नै टिपरहरु गुडाउने कार्य गर्र्दै आएका छन् टिपरलाई व्यवस्थापन नगर्दा पिच सडकहरुमा पानी चुहाउँदै टिपरहरु गड्ने र रुटहरुमा आँखा नै चिम्लीयीएर टिपर हाँक्ने हुँदा यात्रीहरु पनि असुरक्षाको उच्च जोखिममा रहँदै आएका छन् ।

काभ्रेको सिपाघाट रोशी ,ईन्द्रावती किनार लगायत लगायतका ठाउँहरु बाट दैनिक ढुङगा ,बालुवा, तथा निमांण सामाग्रीहरु व्यवसायीले निकालेर निर्यात गर्ने गर्दै आएका छन् । सो क्षेत्रहरुमा पनि दिनमा र रातमा टिपरहरु आक्रमक रुपमा चलाईने गरिँदै आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments