टिपरमाथि कडा बन्दै यातायात विभाग

शुक्रबार, मंसिर ६, २०७६



काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाभित्र राति ८ बजेभन्दा अघि टिपरलाई निधेष गरेको छ । एक सुचना जारी गर्दै विभागले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै दुलिखेल र नागढंगाबाट रातिको ८ बजेपछि मात्र उपत्यकाभित्र छिर्न पाउने जनाएको छ ।

टिपरका कारण सडक जाम हुने, ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटना बढेपछि विभागले लोड गरिएका टिपर उपत्यकाभित्र ८ बजेपछि मात्र भित्रिन पाउने सुचनामा बताइएको छ । सडकमा पानी चुहाएर बालुवा ढुवानी गर्ने र सडकमा टिपर पार्किङ गर्ने कार्य गर्न समेत निषेध गरिएको विभागले जनाएको छ ।

बालुवा ढुवानी गर्ने टिपर तथा ट्रकलाई धोएर सुकेपछि मात्र उपत्यकाभित्र छिर्न निर्देशन दिइएको छ । निर्देशन कार्यान्वयनमा अटेर गर्ने टिपर सञ्चालकलाई कारबाही गर्ने विभागले बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata