तिम्रो हात समाउन, खुबै हण्डर खाइयो

शुक्रबार, पुस ८, २०७३



मायाको चिनो भन्छ्यौ, गुलाब किन चाहियो

फूलको जीवन चुँडाई, दिन कहाँ पाईयो ।।

ताराहरु झकमक्क, त्यो जुनेली रातमा

ताराहरु साक्षी राखी, हाम्ले मायाँ लाईयो ।।

घाम पानी नभनेर, उकाली र ओरालीमा

जवानीको नशा चढ्यो, सयौं पटक धाईयो ।।

खोलापारी तिमी हुँदा, हल्लाउँदै हात मेरो

तिम्रो हात समाउन, खुबै हण्डर खाइयो ।।

लटरम्मै लालिगुराँस, डाली – डाली फुल्दा

कोयलीको भाखा हाली, प्रेम गित गाईयो ।।

लक्ष्मी पाण्डे”दीपिका”

613 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank