अस्पताल विकास समिति कर्मचारी युनियनमा चन्द्रमणी बस्यालको टिम विजयी

शुक्रबार, असार ६, २०७६



चितवन । भरतपुर अस्पताल बिकास समिति कर्मचारी युनियन भरतपुर अस्पताल इकाईको सातौं अधिबेशन सम्पन्न भएको छ ।

सातौं अधिबेशनबाट इन्जीनियर चन्द्रमणि बस्याल अध्यक्षमा विजयी भएका छन । उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, सचीव शिव प्रसाद बसेल, कोषाध्यक्षमा बिद्या शर्मा, सह सचिब प्रज्वल श्रेष्ठ निर्वाचित भएका छन ।  साथै सदस्यहरुमा अस्मिता ज्ञवाली, सर्मिला ढ्काल, बुधलाल गुरुङ र राजनबाबु तिवारी विजयी भएका छन ।

aa

विजयी टिमलाई केन्द्रिय अध्यक्ष सन्जय बरालले प्रमाणपत्र सहित पद तथा गोपनियताको सपथ ग्रहण गराएको सदस्य राजनबाबू तिवारीले जानकारी दिए । निर्वाचित कमिटीले आफ्नो समूहलाई अमुल्य मतदान गर्दै विजयी गराएकोमा धन्यवाद ज्ञापन गरेका छन ।

rajan

उनीहरुले संस्थाको मर्यादा, विधि, विधानमा रहि काम गर्ने बाचा सहित प्रतिबद्धता जाहेर गरेको सदस्य तिवारीले नेपालपाटी डटकमलाई जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank