प्रचण्ड विरुद्द डाक्टर तिलक किन प्रयोग भए ?

मङ्लबार, चैत्र ५, २०७५



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका छन् । अमेरिका पुगेका अध्यक्ष प्रचण्ड’ विरुद्द अमेरिकामै  रहेका एक गैरआवासीय नेपालीले एफबीआइलाई जानकारी दिएका छन्।

एफबीआइको बाल्टिमोरस्थित कार्यालयलाई इमेल लेख्दै तिलक श्रेष्ठले प्रचण्डलाई ‘आतंककारी’ संज्ञा दिदै  एफबीआइलाई जानकारी गराएका हुन्।

अमेरिकामा विद्यावारिधी गरी त्यहाँको केन्टकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत श्रेष्ठले प्रचण्डले चलाएको द्वन्द्वमा कारण १७ हजार गरिब नेपालीले ज्यान गुमाएको बताएका छन्। अमेरिकाको आतंककारीको सूचीमा रहेका प्रचण्डलाई अमेरिकाको आतंकवाद सम्बन्धी आफ्नो स्ट्यान्ड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताहरुलाई मुल्यांकन गर्नसमेत निवेदनमा आग्रह गरेका छन्।

‘मलाई कहाँ रिपोर्ट गर्ने थाहा छैन। त्यसैले कृपया यसलाई सम्बन्धित कार्यालयमा पठाइदिनुहोला,’ उनले लेखेको निवेदनमा उल्लेख छ।

प्रचण्डकी श्रीमती सीताको बाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा उपचार हुँदै छ।

अमेरिकी राजदुतावास मार्फत सम्पूर्ण प्रक्रिया मिलाएर अमेरिका पुगेका प्रचण्ड विरुद्द डा. श्रेष्ठ किन कसरि प्रयोग भए  चर्चाको विषय बनिरहेको छ ।

11111111111111111111111111111

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata