भारतको स्थानीय अदालतले लगायो ‘टिकटोक’मा रोक, गुगल के भन्छ ?

बुधबार, बैशाख ४, २०७६



भारत । भारतको एक स्थानीय अदालतले लोकप्रियता शिखर चुमेको भिडियो ऐप्प ‘टिकटोक’ को पहुँचमा रोक लगाउन आदेश दिएको  छ । तमिलनाडुस्थित स्थानीय अदालतले सो आदेश दिएको केही समयमै गुगलले हिजो (मंगलबार) ‘टिकटक’  ब्याण्ड सम्बन्धी निर्णय गरेको हो ।

यो रोकसँगै अब गुगल प्ले स्टोरबाट टिकटोक ऐप्प डाउनलोड गर्न नमिल्ने भएको छ । यस ऐप्पले पोनोग्राफीलाई बढुवा दिएको साथै बालबालिका यौन हिंस्रक बन्दै गएको मद्रास उच्च न्यायलयले जिकिर गरेको थियो । एक ‘न्युज ऐप्प’ले गरेकोअनुसन्धान अनुसार भारतको ८० प्रतिशत युवा विवादित चिनियाँ भिडियो ऐप्प ‘टिकटोक’ प्रतिबन्ध लगाउने पक्षमा रहेका छन् । अश्लिल सामग्री संकलन गरिरहेको आरोप लगाउँदै टिकटोकले अश्लिलता बढाएको उनीहरुको धारणा रहेको छ ।

फ्द्गड्स

स्थानीय अदालतले अप्रिल ३ का दिन संघीय सरकारलाई टिकटोक बन्द गर्न भनेको थियो । गुगलले एक वक्तव्यमा कुनै निश्चित ऐप्पका बारेमा आफूले टिप्पणी नगर्ने बताउँदै स्थानीय कानुनअनुसार भने चल्ने जनाएको छ ।

त्यसपछि संघीय सरकारले एप्पल र गुगललाई पत्राचार गरेर अदालतको आदेशबारेमा जानकारी गराएको सूचना प्रविधि सम्बन्धी भारतीय मन्त्रालयका अधिकारीले जानकारी गराएका थिए । टिकटोकले शुरुमा भारतको न्यायप्रणालीमा आफ्नो विश्वास रहेको जनाएको थियो । सो विषयमा अर्को सुनुवाई यही अप्रिल २४ तारेखका लागि तोकिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata