तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

मङ्लबार, कार्तिक २०, २०७५



काठमाडौं । रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् ।तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ ।

मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए ।

देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो, उनले भने ।नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ । देउसी भैलोमा ठुलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ । अन्नपूर्णपोष्टबाट

42 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank