राष्ट्रपतिकोमा पत्रकार छिर्न पाएनन, प्रधानमन्त्रीले मिठाई खाएनन

शुक्रबार, कार्तिक २३, २०७५



काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिले शुभ साईतमै भाइटीका लगाए । राष्ट्रपति विद्यादेवी भण्डारीले भाई डेगेन्द्र पाण्डेलाई शितल निवासमै भाईटिका लगाइदिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले लगाउने भाइटीकाको फोटो र भिडियो खिच्न गएका सञ्चारकर्मीले भने प्रवेश पाएनन् । यसअघिका वर्षमा सञ्चारकर्मीले प्रवेश पाए पनि यो वर्ष भने गेटमा सुरक्षाकर्मीले रोकेका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभ साइतमै भाइटीका लगाए । सरकारी निवास कपुरधारामा पुनले नजिकका बहिनीहरुसँग भाइटीका लगाउनुभएको उहाँको सचिवालयले जनाएको छ । पुनका एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाको हातबाट भाइटीका लगाएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमै विहान ११ बजेर ५५ मिनेटको शुभ साइतमै भाइटीका लगाए । बहिनी विष्णुमाया ढकाल र कमलादेवी कोइरालाबाट भाइटीका लगाएका लगाएका थिए । भाइटीका लगाउँदै प्रधानमन्त्री निकै खुसी देखिन्थ्ये । तर बहिनीले दिएको मिठाई भने खान मिलेन । स्वास्थ्यका कारण उनले मिठाई नखाएको उनका एक सहयोगीले बताए ।

206 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank