पाँच महिनाको अवधिमा १३ हजार किलोमिटर किन हिड्यो यो बाघ ?

मङ्लबार, मंसिर १७, २०७६



एजेन्सी । भारतमा एउटा बाघले सबैभन्दा लामो यात्रा गरेर नयाँ रेकर्ड बनाएको छ । करिब साढे दुई वर्षको सो बाघले पाँच महिनाको अवधिमा १३ हजार किलोमिटर हिँडेर नयाँ रेकर्ड कायम गरेको हो । भारतमा बाघले सबैभन्दा लामो यात्रा गरेको यो पहिलो घटना हो ।

महाराष्ट्रको तिपेश्वर अभयारण्यमा सी–वन नाम दिएको सो बाघ टी–वन नामक बघिनीले जन्माएका तीन डमरुमध्ये एक हो । पूर्ण वयस्क सो बाघ गत जुनमा भारतको महाराष्ट्र राज्यस्थित वन्यजन्तु आरक्षबाट हिँडेको थियो । त्यसपछि लगातार खेत, राजमार्ग र अन्य राजमार्गहरुमा भौंतारिएको पाइएको छ । सिकार क्षेत्र वा पोथीको खोजीमा भौंतारिएको हुन सक्ने बाघ विशेषज्ञको भनाई छ ।

शरीरमा जडान गरिएको रेडिओ कलर उपकरणले उपलब्ध गराएको विवरणका आधारमा उसको गतिविधि अध्ययन गरिएको हो। पाँच महिनाको अवधिमा केवल एकपटक मात्र सो बाघको मानिससँग द्वन्द्व भएको बताइएको छ। बाक्लो जङ्गलमा प्रवेश गरेको एउटा समूहको एक व्यक्तिलाई उसले घाइते बनाइदिएको थियो।

अधिकारीहरुले सो बाट सिधा नहिँडेर विभिन्न स्थानमा भौंतारिएकाले अन्य बाघसँगै सम्बन्ध विच्छेद हुने चिन्ता गरेका छन् । उसलाई जीपीएस स्याटलाइटद्वारा निगरानी गरिएको छ भने प्रत्येक चार घन्डामा उसको चाल हेर्ने गरिएको छ । पछिल्लो नौ महिनामा नै सो बाघ पाँच हजारभन्दा बढी स्थानमा पुगिसकेको छ ।

दिनको समयमा लुक्ने र रातको समयमा हिँड्ने सो बाघले अहिलेसम्म बँदेल र गाइवस्तुको सिकार गरेको पाइएको छ । सो बाघबाट अप्रिय घटना नहोस भनेर त्यसलाई नियन्त्रणमा लिएर नयाँ स्थानमा स्थानान्तरण गर्नुपर्ने अधिकारीहरुको भनाई छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata