भैँसी सार्ने क्रममा बाघको आक्रमण, १ जना घाइते

मङ्लबार, बैशाख १६, २०७७



बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका–४ गम्कागाउँका ५० वर्षीय पहलु थारु गम्भीर घाइते भएका छन्।

सोमबार साँझ ७ बजे घरको गोठमा भैँसी सार्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो।

आक्रमणबाट उनको दाहिने पाखुरामा चोट लागेको छ ।

उनको नगरपालिका स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए । रासस

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments