चट्याङ लागेर एक जनाको मृत्यु, २ घाइते

शनिबार, चैत्र २३, २०७५



झापा । आज (शनिबार) बिहान पानीसँगै परेको चट्याङ लागेर बिहान ८ बजे एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको छ । मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

घाइते दुबै जनाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भीर घाइते भएका हुन्।

घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा प्रकाशको मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata