३ वटा ट्रक एकआपसमा जुध्दा ३ को मृत्यु, ९ घाइते

मङ्लबार, माघ १४, २०७६



रुपन्देही ।  भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा आउँदै गरेका ३ ट्रक अनियंत्रित भई एकापसमा ठोक्किदा ३ जनाको घटनास्थमै ज्यान गएको छ ।

भैरहवा–परासी सडक खण्डअन्तर्गत रूपन्देहीको रोहिणी गाउँपालिकाको सेमरहवामा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहान हुस्सु लागेर बाटो कठिन भैरहेका बेला तीव्र गतिमा रहेका ट्रकहरू ठोक्किएका हुन् । भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीदेखि भैरहवा तर्फ आउँदै गरेका ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको सनाखत भएको छैन । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर छ भने अन्य ५ जना सामान्य घाइते भएका छन् । घाइतेलाई भैरहवा स्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments