पाकिस्तानमा तीन पत्रकारलाई कोरोना संक्रमण

बिहिबार, चैत्र १३, २०७६



एजेन्सी ।  पाकिस्तानमा तीन जना पत्रकारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । निजी मिडिया हाउसमा कार्यरत तीन पत्रकारलाई कोरोना संक्रमण देखिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । संक्रमित हुने पत्रकारहरु लाहोरका हुन् ।

पाकिस्तानमा एक हजार बढी व्यक्ति कोराना संक्रमणबाट प्रभावित भइसकेका छन् भने ८ जनाको मृत्यु भएको छ । यस्तैगरि, कोरोना संक्रमणबाट विश्वभर २१ हजारको मृत्यु भइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments