तीनआँखे सर्प भेटियो, तेस्रो आँखा अविकसित जुम्ल्याहाको हुन सक्ने अनुमान

बिहिबार, जेष्ठ २, २०७६



एजेन्सी । वन्यजन्तु अधिकारीहरूले उत्तरी अस्ट्रेलियाको अर्न्हेम राजमार्ग अन्तर्गत हम्पटी डू नजिकै भेटिएको एउटा तीनआँखे सर्पको तस्बिर सार्वजनिक गरेका छन्।

ज्ज्ज

नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्ड लाइफ सर्भिस(Northern Territory Parks and Wildlifeले सार्वजनिक गरेको तस्बिरलाई  ‘अदभुत सर्प ‘ भनि घोषणा गरिएको छ ।

Northern Territory Parks and Wildlife को फोटो।

Photo: Northern Territory Parks and Wildlife

मोन्टी पाइथन नाम दिइएको उक्त सर्प अजिङ्गर प्रजातिको हो। २  मार्चमा भेटिएको ४० सेन्टीमिटर(पन्ध्र इन्च) लामो सो  सर्प केही हप्तामै मरेको थियो। अनौठो टाउकोको कारण खान समस्या परेर सर्पको मृत्यु भएको बताइएको छ ।

विज्ञहरूले सर्पको टाउकोमा भएको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको बताएका छन्। एक्सरे गर्दा  सो सर्पको दुईवटा टाउको नजोडिएको देखिएको  थियो। ‘त्यो एउटै टाउकोमा थप आँखाको स्थान भएको र तीनवटै देख्न सक्ने आँखा भएको पाइयो,’ नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्ड लाइभ सर्भिसले फेसबुकमा लेखेको छ।

Northern Territory Parks and Wildlife को फोटो।

Photo: Northern Territory Parks and Wildlife

सर्प विशेषज्ञ प्राध्यापक ब्रायन फ्रेले आनुवांशिक संरचनामा देखिएको दोष परिवर्तनको स्वाभाविक प्रक्रिया भएको बताए। ‘सबै बच्चा जन्मँदा कुनै प्रकारको पृथकता हुन्छ। यस्तोचाहिँ धेरै हुँदैन,’ फ्रेले भने। ‘मैले अहिलेसम्म तीनआँखे सर्प देखेको थिइनँ। तर, यसपटक हाम्रो प्रयोगशालामा दुईटाउके अजिङ्गर आइपुगेको थियो।’

Northern Territory Parks and Wildlife को फोटो।

Photo: Northern Territory Parks and Wildlife

उनले त्यो सर्पको तेस्रो आँखा विकसित हुन नसकेको जुम्ल्याहाको हुन सक्ने बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata