पूर्वप्रधानमन्त्री थाकसिन  शिनवात्रालाई दुई वर्षको जेल सजाय

शुक्रबार, जेष्ठ २४, २०७६



बैंकक । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाकसिन शिनवात्रालाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।

सन २००६ मा सैैनिक कु मार्फत सत्ताबाट हटाइएका शिनवात्रालाई एक दशक अघि अबैध चिठ्ठा सञ्चालन गरेको आरोपमा उक्त सजाय सुनाइएको हो ।

देशको  सर्वाेच्च न्यायालयको एक न्यायाधीशले पूर्वप्रधानमन्त्री थाकसिन एक दशक अघि अबैध चिठ्ठा सञ्चालन गर्ने धन्दा सँग संकलग्न भएको भन्दै उक्त सजाय सुनाएका हुन ।

सन २००३ र ००६ को बीचमा भएको उक्त घोटालामा थाइल्याण्डलाई ५.३८ करोड डलरको नोकसान भएको जनाइएको छ । सन २००८ पछि देश बाहिर रहेका थाकसिनलाई यस अघि बैंक धोखाधडीमा तीन वर्षको कैद सजाय सुनाइएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank