नगर निकाय हैरान: ३२० करोडको विवाह, ४,००० किलो फोहोर

मङ्लबार, असार १०, २०७६



देहरादुन । छिमेकी मुलुक भारतको एक नगर निकाय २० क्विन्टल फोहोर सफाई गर्नुपर्दा हैरान भएको छ । उत्तराखण्डको ओली शहरमा भएको ३२० करोडको विवाह पश्चात जम्मा भएको फोहोर नगर निकायले सफा गरिरहेको हो  ।

भारतीय मुलका दक्षिण अफ्रिकाको विवादित कारोबारी गुप्ता परिवारको विवाह थियो ।अतुल गुप्ताको छोरा शशांकको अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका दुबईका रियाल्टी कारोबारी विशाल जालनाको छोरी शिवांगीसँग एक स्की रिसोर्टमा विवाह भएको थियो । सोहि स्थान शशांकको भतिजा सुर्यकान्तको पनि केहि दिन अघि मात्रै विवाह भएको थियो । यस विवाह पश्चात विभिन्न स्थानीय व्यक्तिहरुले पर्यावरणमा नोक्सान पुर्याएको भन्दै विवाहको विरोध पनि गरिरहेका छन् ।

गभग सबै होटल तथा रिसोर्ट बुक गरिएको विवाहमा स्विजरल्याण्डबाट फूल मगाइएको थियो । नगरपालिका परिषदका सुपरभाइजर अनिल साथै अन्य २० मानिसलाई यस फोहोरको समस्या समाधान गर्ने जिम्मेवारी दिइएको थियो । सोहि टिमको एक सदस्यले बताए, ” यो हिल स्टेशनमा विवाह पश्चात फोहोरको मेला लागेको छ ।करिब ४० क्विन्टल फोहोर जम्मा भएको छ ।”

एक स्थानीयवासीले आफ्नो समस्या यसरी बताए, ” हर ठाउँमा प्लास्टिकको प्लेट तथा बोत्तलले भरिएको छ  । के हुन्छ हाम्रो गाईबस्तुले प्लास्टिक खाए भने ? कसले जिम्मेवारी लिन्छ ?”

विवाहमा उत्तराखण्डको मुख्यमंत्री त्रिवेन्द्र रावत, योग गुरु रामदेव, आध्यात्मिक गुरु स्वामी चिदानन्द सरस्वती साथै भाजपाको राज्य प्रमुख एवम नैनीतालको सांसद अजय भट्ट पनि सहभागी भएका थिए !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank