नेपाल युथ जर्नलको तेस्राे अंक विमोचन

आइतवार, जेष्ठ ११, २०७७



काठमाडौं । नेपाल युथ जर्नलको तेस्रो अंक बिमोचन भएको छ ।  शनिबार भिएओ नेपालसँगकोे सहकार्यमा युथ एड्भोकेसी नेपालद्वारा प्रकाशित प्राज्ञिक जर्नलको करिब एकसय प्राज्ञ तथा लेखकहरुको दुर उपस्थितिमा विमोचन गरिएको हो ।

विश्वव्यापी कोरोना महामारीकाबीच युथ एड्भोकेसी नेपालले प्रकाशित गरेको तेस्रो अंकक नेपालका प्राज्ञ, लेखक तथा सम्पादकहरुको जूम क्लाउड उपस्थित मार्फत विमोचन गरिएको युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए । युवाहरुको क्षेत्रमा काम वकालत गर्दै आएको संस्थाले लकडाउनकै समयमा पनि युवाहरु माझ नयाँ सन्देश दिने उद्धेश्यले पुस्तक प्रकाशित गरिएको जनाइएको छ ।

पुस्तकको प्रमुख अथिति प्राध्यापक अभि सुवेदीले युवाहरु धनको पछि लाग्नु भन्दा स्वतन्त्र र आलोचनात्मक भएर स्वयंसेवी कार्यमा लाग्नु पर्ने बताए । त्यस्तै, नेपाली युवाहरुको लेख्ने भन्दा बोल्ने बानी बढी भएकाले लेखनकलाको बिकासमा युवा सक्रिय रहनु हुनु पर्नेमा कार्यक्रमका विशिष्ट अथिति डा. उद्धव प्याकुरेलले जोड दिए ।
कार्यक्रममा पाध्यापक विद्यानाथ कोईरालाले जर्नल लेखनमा पश्चिमा विद्धानमा मात्र भर नपरी पूर्वीय दर्शनलाई पनि महत्व दिनु पर्ने बताए ।

कार्यक्रममा सिखा श्रेष्ठ, युग पाठक, डां शान्ता कार्की लगायतका व्यक्तित्वहरुले आफ्नो भनाईहरु राखेका थिए । १८ जना लेखकहरुले तयार पारेका १२ वटा अनुसन्धानमुलक लेखहरुको सम्पादन समुहको संयोजन डा. तारालाल श्रेष्ठ र सदस्यहरु शिव प्रसाद तिवारी, लेखनाथ पाण्डे र प्रविन श्रेष्ठ रहेका थिए ।

लकडाउनका कारण पुस्तक सहज रुपमा वितरण गर्न नसकिएको बताउँदै यसलाई युवाहरु सम्म कसरी पुरयाउने भन्ने विषयमा छलफल गरिने जनाइएको छ । साथै युवाहरुले हरेक ठाउँमा रचनात्मकनेतृत्व लिर्दै सृजनिशिलतामा जोड दिनु पर्ने वक्ताहरुको भनाई रहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments