तेस्रोलिंगीलाई सेनामा प्रवेश रोक

बुधबार, माघ ९, २०७५



काठमाडौं । अमेरिकामा तेस्रो लिंगीले सेनामा सहभागि हुन नपाउने भएका छन । अमेरिकी सर्वोच्च अदालतले तेस्रो लिंगीहरुलाई सेनामा काम गर्न रोक्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयलाई सदर गरेको छ । सर्वोच्च अदालतको ९ सदस्यीय इजलासमा भएको सुनुवाईका क्रममा बहुमतले राष्ट्रपति ट्रम्पको निर्णय सदर गरेको हो ।

९ जना न्यायाधीशमध्ये ५ जनाले तेस्रो लिंगीलाई सेनामा भर्ना गर्न नदिने राष्ट्रपति ट्रम्पको योजनाको पक्षमा मत दिएका छन् ।

तर, चार जना न्यायाधीश भने त्यसको विरोध गरेका छन् । बहुमत न्यायाधीशहरुको फैसलापछि अब अमेरिकी सेनामा तेस्रो लिंगीको प्रवेशमा रोक लागेको छ ।

तर ट्रम्प प्रशासनले सन् २०१८ को जनवरी १ सम्म अघिल्लो सरकारले लिएको नीति स्थगित गर्नुभएको थियो र पछि तेस्रो लिंगीहरुले भर्ना हुन नपाउने प्रावधान समेटेका थिए । अमेरिकी रक्षा मन्त्रालयको एक तथ्यांकअनुसार अहिले पनि अमेरिकी सेनामा ८ हजार ९ सय ८० जना तेस्रो लिंगी रहेको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata