करिब १ खर्ब २६ अर्बको बहुमूल्य गहना चोरी

मङ्लबार, मंसिर १०, २०७६



एजेन्सी । पूर्वी जर्मनीमा रहेको विश्वप्रसिद्ध सङ्ग्रहालय ‘ड्रेस्डेन ग्रीन भल्ट’बाट करिब १ खर्ब २६ अर्ब नेपाली रुपैयाँ बराबरका बहुमूल्य गहनाहरू चोरी भएको छ। स्थानीय समयअनुसार हिजो(सोमबार) बिहान ५ बजे आसपास भएको उक्त  डकैतीलाई दोश्रो विश्वयुद्धपछिकै ठूलो कला डकैतीको रुपमा हेरिएको छ ।

चोरहरूले अठारौँ शताब्दीमा बनाइएका तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना  सङ्ग्रहालयको झ्याल फुटाई चोरी गरेको स्थानीय निकायले बताएको छ ।

Items stolen from the "Green Vault" museum in Dresden, Germany, include (from left) the breast star of the Polish Order of the White Eagle, a hat clasp containing a 16-carat diamond and a diamond-studded sword hilt with a matching scabbard.

चोरी भएका गहनाहरूलाई टुक्राएर या आकारप्रकारमा फेरबदल गरि प्रयोग ल्याइन सक्ने चिन्ता व्यक्त गर्दै अधिकारिहरूले खोजी कार्य तीव्र पारेका छन् ।  एक सन्दिग्ध व्यक्ति सुरक्षा क्यामराले खिचेको भिडिओमा देखिएको भएता पनि कुनै पनि व्यक्ति हालसम्म पक्राउ परेका छैनन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata