प्रधानमन्त्री मे को ब्रेक्जिट प्रस्ताव दोस्रो पटक अस्वीकृत

बुधबार, फाल्गुन २९, २०७५



लन्डन । युरोपिन युनियनबाट बेलायत बाहिरिने सम्बन्धी प्रधानमन्त्री थेरेसा मे को प्रस्ताव ‘ब्रेक्जिट डिल’ दोस्रो पटक पनि संसदमा अस्वीकृत भएको छ

प्रधानमन्त्री मे को प्रस्ताव संसदमा बहुमतसहित अस्वीकृत भएको हो । ब्रेक्जिट डिल सम्बन्धी प्रधानमन्त्री मे को  प्रस्तावको विपक्षमा ३९१ तथा पक्षमा २४२ मत परेको थियो । मे को  प्रस्ताव १४९ मतले पराजित भएसँगै ब्रेक्जिट डिल को राजनीतिक भविष्य अन्यौलमा परेको छ ।

यसअघि जनवरी १५ मा भएको मतदानमा ब्रेक्जिटसम्बन्धी प्रधानमन्त्री मे को प्रस्तावको विपक्षमा ४३२ सांसदले मत दिएका थिए । त्यो बेला उनको योजनाको पक्षमा २०२ सांसदले मत दिएका थिए ।

यहि मार्च २९ अर्थात १७ दिनपछि इयुबाट बेलायतको औपचारिक अलग हुने प्रक्रियाका आधारहरु ब्रेक्जिट डिलमा संसदले निर्णय लिनु अनिवार्य मानिएको थियो  ।

ब्रेक्जिट डिल खारेज भएपछि प्रधानमन्त्री मे ले संसदमा मार्च २९ देखि बिना कुनै सम्झौता बेलायत इयुबाट बाहिरिन चाहन्छ कि चाहँदैन भन्ने विषयमा मतदान हुने बताइन् । वा त्यसका लागि तयार नभएको भए ब्रेक्जिटलाई टार्नु पर्छ कि पर्दैन भन्ने बारे पनि निर्णय हुने उनले बताएकी छन् ।

यसबारे बुधबार मतदान हुनेछ, त्यसमा संसदले बिना सम्झौता ब्रेक्जिटले मन्जुरी पाएमा इयुबाट बाहिरिनका लागि चाहिने अवस्था सिर्जना गर्न आर्टिकल ५० माथि मतदान हुनेछ ।

कतिपयले देशकाे अर्थतन्त्र धरासायी हुने भन्दै इयूबाट बाहिरिनु गलत भएकाे टिप्पणी गरेका छन् भने कतिपयले भने देशकाे शान्तिसुरक्षा तथा बेलायती रकम बाहिरिएकाे भन्दै इयूबाट बाहिरिनु उचित कदम भएकाे दाबी गरेका छन्। यस्ताे अवस्थामा संसदकाे आजकाे कारबाहीले प्रधानमन्त्री मे पदमा रहिरहन सक्ने/नसक्ने सम्बन्धमा समेत नैतिक रुपमा बाटाे खाेलिदिने छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank