बेलायती प्रधानमन्त्री मेसँग ट्रम्पले भने ‘तपाइँ म भन्दा पनि राम्रो सम्झौताकर्ता !’

बुधबार, जेष्ठ २२, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तीन दिने राजकीय भ्रमणका क्रममा  बेलायतसँग अमेरिकाको असाधारण सम्बन्ध रहेको जिकिर गरेका छन्  । बेलायत युरोपेली संघ(इयु)बाट बाहिरिएपछि सबैखाले सम्भावनाहरु अहिले टेबलमा रहेको समेत अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार आयोजित बेलायती प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा जना बताएका छन्  ।

राष्ट्रपति ट्रम्पको तीन दिने भ्रमणको आज अन्तिम दिन हो । उनले मंगलबार बेलायती प्रधानमन्त्री टेरेसा मेसँग भेटवार्ता गरेका थिए । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै बेलायती प्रधानमन्त्री मे ले  दुई राष्ट्रबीच व्यापार वार्ताको सम्भावना रहेको जनाएकी छन् ।

ट्रम्पले बेलायती प्रधानमन्त्री मेले ब्रेक्जिटमा सहमति जुटाउनकालागि राम्रो भूमिका खेलेको भन्दै आफू भन्दा पनि उनी अझ राम्रो सम्झौताकर्ता देखिएको  भन्दै उनको  प्रशंशा गरेका थिए । बेलायत एउटा महान देश भएकोले ब्रेक्जिट  हुने जनाउँदै ट्रम्पले बेलायतको आफ्नै परिचय रहेको जनाएका छन् ।

दुवै देश गुप्तचरी सूचना आदान प्रदान गर्ने बारेमा समझदारीमा पुग्ने कुरामा पनि सहमत भएका छन् । ट्रम्पको भ्रमणका क्रममा लण्डनमा विरोध प्रदर्शन समेत भएको बीबीसीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata