चीनको वुहान क्षेत्रमा कोरोनाको नयाँ संक्रमित भेटिएन

बिहिबार, चैत्र ६, २०७६



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस(कोभिड-१९)को उत्पतिथलो चीनको वुहान क्षेत्रमा बुधबार कोरोना भाइरसका कुनै पनि संक्रमित फेला नपरेको सीएनएनले जनाएको छ ।

कोरोनाको सबैभन्दा बढी जोखिम रहेको मानिने चीनमा पछिल्लोपटक ३४ जना नयाँ संक्रमित फेला परेको भए पनि ती सबै बाहिरबाट आएका संक्रमित थिए ।

चीनले कोरोनाविरुद्धको लडाइँमा सफलता मिलेको बताएको छ । पछिल्लो समयमा चीनमा कोरोनाभाइरसका कारण आठजनाको ज्यान गएको थियो । तर नयाँ संक्रमित नरहेको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments