संसारकै लामो समुन्द्री पुलमा फाइभ जी सेवा जडान गरिदैं

सोमवार, कार्तिक २६, २०७५



चीन । हङकङ – झुवाई –  मकाउ समुन्द्री पुलमा निकट भबिश्यमा फाइभ जी सेवा सञ्चालन गरिने बताइएको छ । समुन्द्रमा निर्माण गरिएको ५५ किलोमिटर लामो पुल पछिल्लो महिना मात्र खुला गरिएको थियो ।

चीनको ग्वांगदोंग प्रान्तलाई हङकङ र मकाउ सँग जोडने उक्त पुलमा हाल सम्म फोर जी इन्टरनेट सेवा जडान गरिएको समाचार एजेन्सी सिन्वाले जनाएको छ । जीटीई कोर्पको डब्लूएलएएन कार्यालय उपमहाप्रबन्धक एवम पुल नेटवर्क सञ्चालक फाँग झेंगले भने , हङकङ -झुहाई – मकाउ पुलमा जडान गरिएको फोर जी सेवा छिट्टै फाइभ जी मा परिणत गरिने छ ।

पुल नेटवर्क सञ्चालक फाँग झेंगले जोड दिंदै थपे , विशेषज्ञहरु फोर जी सेवालाई सुधार गर्न अप्टिकल फाइबरको जटिल समस्यालाई समाधान गर्न लागी परेका छन । फलस्वरुप निकट भबिश्यमा उन्नत किसिमको फाइभ जी सेवा सुचारु गर्न सकियोस ।

विशेषज्ञ र निर्माताहरु हालको अप्टिकल फाइवरलाई २० किलोमिटर सम्म बढाउन सफल भइसकेका छन । जसले पुरै पुलमा नेटवर्क सिग्नल सुनिश्चित हुनेछ । अब पुलमा इन्टरनेट सेवा सजिलै प्राप्त हुनेछ ।

191 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank