यूवासंघको एकता टुङ्गियो (सूची सहित)

आइतवार, कार्तिक १७, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय यूवा संघ नेपालले पार्टी एकता प्रक्रिया टुग्याएको छ ।
शनिबार विहान बसेको संगठनको बैठकले एकता प्रक्रिया टुङ्ग्याएको हो । तत्कालिन एमाले र माओवादी पार्टी एकता पश्चात बनेको राष्ट्रिय यूवा संघको एकताले पूर्णता पाएको थिएन ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ भने साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी सहमति भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।  त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवासंघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ ।

बैठकले उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार विजयी गराउन समेत अपील गरेकाे छ । साथै उपनिर्वाचनका  लागि किरण पाैडेलकाे सयाेजकत्वमा प्रचार प्रसार समिति समेत गठन गरेकाे छ ।
हेर्नुहोस निर्णयकाे विज्ञप्ती सहित

image (1)

image (2)

image (3)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata