काठमाडौंको तापक्रम यो बर्षकै कम मापन

बिहिबार, मंसिर २०, २०७५



काठमाडौं । मौसम परिवर्तन सँगै देशभर चिसो बढ्न सुरु भएको छ । उच्च हिमाली भेगमा तापक्रम माइन्समा पुगेको छ । त्यसै विहिबार काठमाडौं उपत्यामा पनि चिसो बढ्दै गइरहेको छ ।

बिहीबार मापन गरेको काठमाडौं उपत्याको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । काठमाडौंको आजको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार ६ डिग्री सेल्सियस मापन गरिएको थियो । जुम्लाको तापक्रम बुधबार माइनस ४ डिग्री मापन गरिएको थियो ।

पश्चिमी बायुको प्रभावले गर्दा तापक्रम अझै कम हुँदै जाने मौसमविदले जनाएका छन् ।

112 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank