स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए, डा. गौतमले पाए जिम्मेवारी

आइतवार, जेष्ठ २५, २०७७



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता फेरिएका छन ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको ठाउँमा डा.जागेश्वर गौतमलाई जिम्मेवारी दिइएको छ

। स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयका प्रशासनले जनाएको छ ।  यस अघि स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेको डा.विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments