लकडाउनका कारण दैनिक उपभोग्य सामानको अभाव

बुधबार, चैत्र २६, २०७६

- दिपकराज जाेशी



बझाङ । लकडाउनका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा दैनिक उपभोग्य सामग्रीको अभाव सिर्जना भएको छ । वर्षभरि काम गरेर करिब तीन महिनासम्म मात्र खान पुग्ने यहाँका अधिकांश जिल्लामा दैनिक उपभोग्य सामग्रीको अभाव देखा परेको हो ।

कोरोना भाइरसको कारण देशव्यापी रूपमा भएको लकडाउनका कारण विशेष गरी सुदूरपश्चिमका पहाडी जिल्लामा अभाव सिर्जना भएको उपभोक्ताहरूको गुनासो रहेको छ । नियमित रूपमा चैनपुर बजारमा अनुदानको आयोडिन नुन पाइन्थ्यो । आफूले प्रयोग हुने जति किनेर लिने मिल्थ्यो । यति लामो समयसम्म लकडाउनमा बजार बन्द भएर नुनको अभाव खेप्न परेको जयपृथ्वी नगरपालिका-७ कि स्थानीय दुर्गा जोशीले बताइन ।

सदरमुकाम चैनपुरको गोदाममा साल्ट ट्रेडिङको नुन जिल्लालाई पुग्ने गरी राखेको सम्बन्धित अधिकारी दाबी गर्छन् । यो समयमा जनतालाई उपभोग्य सामान पुग्ने गरी व्यवस्थापन गरेको स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीले बताएका छन।   यस्तै बझाङ जिल्लामा तरकारी , दैनिक उपभोग्य सामाग्री र खाद्यान्र धनगढी र डडेलधुरा जिल्लाबाट आयात गरिन्थ्यो । तर अहले सबै खाले उपभाेग्य वस्तुकाे अभाव सिर्जना भएकाे उपभाेक्ताहरूकाे गुनासाे रहेकाे छ ।

 गोदाममा सामान छ  ।उपभोक्ताको भान्छामा छैन । जिम्मेवार प्राप्त अधिकारी सामान पर्याप्त छ भनेर जिकिर गर्न छौडदैनन । उपभोक्तालाई आफूले चाहिने जति सामग्रीको अगाडी नै व्यवस्था गर्नका लागि जनतालाई सूचित गरिनु पर्नेमा स्थानीयवासीकाे गुनासाे रहेकाे छ । सामानको आपूर्ति गर्न मा जनप्रतिनिधि मौन छन् । चामल , पिठो , दाल तरकारीको अभावले उपभोक्तालाई चिन्ताले पिरोलेको छ । बजारमा मदिरा र जङ्क फुडको पर्याप्त भएको यो समयमा खाद्य सामग्री हुनु सरोकार बालाको ध्यान गएको देखिँदैन । गठन भएका वडा स्तरीय प्रकोप व्यवस्थापन समिति कागजमा सीमित रहेकाले जनताका दैनिक खाद्य सामग्रीको अभाव भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ५ का प्रेम बहादुर थापाले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments