हावाहुरी सहित चट्याङ पर्ने सम्भावना, उच्च सतकर्ता अपनाउन सरकारको आग्रह

बुधबार, बैशाख ४, २०७६



काठमाडौं । देशभरको मौसमा एकाएक फेरबदल आएको छ । केही दिन देखी हावाहुरीका कारण जनजीवन नराम्रो सँग प्रभावित हुँदै आईरहेको छ ।  सरकारले यो प्रक्रिया अझै तीन दिन सम्म लम्बिने भन्दै सर्तक रहन आग्रह गरेको छ ।

राष्ट्रिय विपद केन्द्रले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै तीन दिनसम्म हावाहुरी र चट्याङ्ग आउने संभावना रहेको भन्दै यसबाट बच्न सबैमा अपिल गरेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि तीन दिन मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । पश्चिमका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्याङ्ग तथा हुरी बताससहित हल्का देखि मध्यम वर्षा–असिना पानीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

तराईका स्थानहरुमा हुरीबतासको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउनु सरकारले अपिल गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata