दुखाई !

बिहिबार, असार ५, २०७६



दुखाई

बिहानीको बतासझैं
ताजा र हलुका भएर आउने 
कहिले शीतको थोपाजस्तो
कोमल छाती कुल्चदै आउने
अहिले म—
आफ्नै दुखाईको एकान्तमा छु ।

—नहिँडी नहुने काम छ
—नबोली नहुने जिम्मेवारी छ

हुरीले झै आफ्ना कुण्ठाहरू
बस्तिका छानाहरू उडाएर
र, नदीले झै आफ्ना रहरहरू
मानिसका सपनाहरू बगाएर
—यसरी नलेखे पनि हुने हो आफूलाई ।

शब्दहरू दुख्न थालेपछि
कविता आफै घाईते हुनेरहेछ !

प्रकाश रम्घाली
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata