उपन्यास अल्टिमेट आकाश लोकार्पण

आइतवार, कार्तिक ३, २०७६



काठमाडौं । युवा साहित्यकार सन्तोष लामिछानेद्वारा लिखित उपन्यास अल्टिमेट आकाशको नेपाल संस्करण लोकार्पण भएको छ । काठमाडौंको बागबजार स्थित हार्दिक होटलको सद्भाव हलमा गरिएको थियो। लोकार्पण कार्यक्रमको आयोजना उपन्यासको प्रकाशक जनमत प्रकाशन काभ्रेले गरेको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुलपति द्वय नारायणभक्त श्रेष्ठ (रायन) संगीत तथा नाट्य प्रतिष्ठान र के के कर्माचार्य ललितकला प्रज्ञा प्रतिष्ठान जीवेन्द्र देव गिरी बरिष्ठ समालोचक तथा पुर्व सचिव नेपाल प्रज्ञा प्रतिष्ठान प्रा. डा.उषा ठाकुर प्राज्ञ र माया ठकुरी लगायत प्राज्ञको बिशेष आतिथ्य रहेको थियो ।

जनमत प्रकाशनका अध्यक्ष तथा बरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेखकका पीता सामाजिक अभियन्ता डा. भरतप्रसाद लामिछानेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । अतिथीहरूद्वारा उपन्यासको संयुक्त रुपमा लोकार्पण गरिएको थियो । प्रा. डा.जीवेन्द्रदेव गिरीले पुस्तकको सविस्तार समिक्षा तथा समालोचना गरेका थिए । अमेरिका जान खोज्ने जो कोही र सन्तान अमेरिका पठाउन खोज्ने अभिभावकहरूलाइ उपयोगी होस् भनेर उक्त कृतिको रचना गरेको उपन्यासकार सन्तोष लामिछानेले प्रकाश पारे ।

कार्यक्रममा लेखकलाई के के कर्माचार्य र माया ठकुरीले शुभकामना मन्तब्य राखेका थिए । कुलपति गङ्गा उप्रेतीले अल्टिमेट आकाश जस्तो उपयोगी उपन्यास प्रकाशित हुनु खुसीको कुरा भएको उल्लेख गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata