आतंकवादको खिलाप लड्न राष्ट्रसंघले बनायो नयाँ रुपरेखा

शुक्रबार, मंसिर २१, २०७५



अमेरिका । संयूक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तराष्ट्रिय आतंकवादको समस्यासँग जुध्न नयाँ रुपरेखा निर्माण गरेका छन् । शान्ति,सुरक्षा, मानवता, मानवाअधिकार र सतत विकासको क्षेत्रबीच समन्वयको नयाँ रुपरेखा जारी गरिएको छ ।

संयुक्त राष्ट्रसंघ प्रमुख, ३६ सांगठनिक निकाय, अन्तराष्ट्रिय अपराधिक प्रहरी संगठन (इन्टरपोल) र विश्व सिमा शुल्क संगठनको बीच सम्झौता भएको छ । जुन अन्तराष्ट्रिय आतंकवादको समस्यासँग जुध्नको लागि सदस्य राष्ट्रबीच महत्वपूर्ण मानिएको छ । आफ्नो रुप रेखाको बारेमा समन्वय समितिको पहिलो बैठकमा गुटेरेसले भने, आतंकवादसँग जुध्न अन्तराष्ट्रिय मानवाधिकार मानकको पूरा सम्मान र कानूनी व्यवस्था सुनिश्चीत गर्नु जरुरी छ ।

आतंकवादको समर्थन गर्ने जुनसुकै देशले ठूलो मुल्य चुकाउनु पर्ने बताउँदै पाकिस्तान र अफगानिस्तानको बीच मध्यस्थता गर्न आफ्नो सहयोग रहने बताए । महासचिवले अफगानिस्तान राष्ट्रपति अशरफ घानी र देशको मुख्य कार्यकारी अधिकारी अब्दुल्लाह अब्दुल्लाह सामु आतंकवाद विरुद्ध लड्न दुई पक्षिय बैठक समेत गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata