प्रजननको निम्ती ल्याइएको बघिनीलाई बाघले गर्‍यो हत्या

सोमवार, माघ २८, २०७५



लण्डन । लण्डनको एक चिडिया खानामा प्रजननको निम्ती ल्याइएको  बघिनीलाई बाघले हत्या गरिदिएको छ ।  सुमात्रा टाइगर्स प्रजातीको उक्त बाघकाे नाम  असीम रहेकाे जनाइएकाे छ  । चिडियाखानाले केहि समय अघि मात्र ल्याएको असीम नामको बाघलाई विशेष व्यवस्था सहित राखिएको थियाे ।

गत शुक्रबार मेलाती नामको बघिनीलाई असीमसँग मिलाउन ल्याइएको थियो । बाघलाई बघिनीसँग मिलाउँदै प्रजनन बढाउने क्रममा बघिनीकाे हत्या भएकाे हाे । शुरुवाती समयमा चिडिया प्रशासनले सोचे मुताविक रहे पनि अचानक असिमको व्यबहार आक्रमक हुन गयो ।

मेलातीलाई खतरनाक आक्रमण गर्न शुरु गरे सँगै चिडिया खाना प्रशासनले असीमलाई रोकने प्रयास सफल हुन सकेन । बघिनीको जीवन रक्षा गर्न सकिएन् । सात वर्षको असीमले मेलातीको जीवन समाप्त गरे सँगै प्रशासन दुखी रहेको जनाइएको छ । यस खतरनाक प्रजातीकाे बाघ विश्वमा ४०० मात्र रहेको लण्डन चिडियाखानाले जनाएको छ ।

177 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank