नगरपालिकाको लापबार्हीले कर्मचारी पदपूर्ती हुन सकेन

बुधबार, बैशाख ११, २०७६



बाजुरा । बुढिगंगा नगरपालिकाको लापरबाहीका कारण भाद्रमा खोलिएको विज्ञापनमा कर्मचारी पदपूर्ती हुन नसकेको तथ्य सार्वजनिक भएको छ । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाले गत भाद्र ४ गते खोलेको विज्ञापनमा हाल सम्म कर्मचारी पदपूर्ती गर्न नसेकेको हो ।

गत भाद्र ४ गते एक जना इन्जिनियर र तीन जना सब इन्जिनियरका लागि विज्ञापन आब्हान गरेको थियो । आवेदन दिनेहरुले पटक पटक नगरपालिकासँग जानकारी लिँदा कहिले हाकिम नभएको कहिले कर्मचारी समायोजनका कारण रोकिएको भन्ने बहाना सुन्न परेको एक आवेदनकर्ताले जनाएका छन् । नगरपालिकाले आवेदन दिएका मध्ये नजिकको एक जनालाई शव इन्जिनियरमा भर्ना गरिसकेकाे आवेदक डम्मबर राज थापाले गुनासो गरे ।

घटनाको विषयमा बुढिगंगा नगरपालिकाका मेयर दिपक विक्रम शाहले नगरपालिकामा प्रशासकिय अधिकृत नभएका कारण समस्या उत्पन्न भएको बताए । नगरपालिको पहिलो प्रशासिकय अधिकृत खगेन्द्र जोशी आउनु भएको र छोटो समयमा उहाँको सरुवा भएका कारणबीचमा कर्मचारी छनौट प्रकृया रोकिएको जनाए । त्यपछि सरकारले प्रकाशकीय अधिकृतका रुपमा लोकहरी थापा आउनु भएको र कर्मचारी समायोजनका कारण करार कर्मचारी नियुक्त नगर्न भन्ने परिपत्र अनुसार कर्मचारी राख्न नसेको मेयर शाहले नेपालपाटीलाई जानकारी दिए । हाल प्रशासकीय अधिकृत थापा पनि समायोजनक कारण अन्तै सरुवा भएका कारण समस्या भएको शाहकाे भनाई रहेकाे छ ।

आवेदन कर्ताहरुले आफुहरुलाई विभिन्न बहाना पारेको बताउँदै नगरपालिकाले त्यस यता अनमी नियुक्त  गरिसकेको र ल्याब टेक्निसियनका लागि विज्ञापन गरिएको जनाएका छन् । आवेदन कर्ता उपेन्द्र शाहका अनुसार  भाद्रमा गरेको आवेदन रद्ध गर्नु पर्ने हाेइन भने  नभए कर्मचारी भर्ना गर्नु पर्ने गुनासो गरे । मेयर शाहले भने, नगरपालिकाको निर्णय अनुसार एक वर्षका लागि अनमी पदपूर्ती गर्न सकिने निर्णय अनुरुप अनमी भर्ना गरिएको र प्रदेशले जनशक्ति र केही पूर्वाधारमा खर्च गर्न सकिने भन्ने परिपत्र अनुसार ल्यावका लागि कर्मचारीको विज्ञापन आब्हान गरेको बताए ।

गत भाद्र महिनामा खाेलिएकाे विज्ञापन

notice

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata