मंगल ग्रहमा फेला पर्यो: ठुलो मात्रामा मिथेन र हिलो माटोको भण्डार

शनिबार, असार १४, २०७६



एजेन्सी । सौर्यमण्डलको चौथो ग्रह मंगल ग्रह(रातो ग्रह)को खोजी अभियान जारि छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा यस ग्रहको खोजीकार्यमा तीव्र रुपमा लागि रहेको छ । यसै क्रममा नासाको क्युरियोसिटी मार्स रोभरले यस रातो ग्रहमा मिथेन ग्यासको अहिलेसम्मकै ठूलो भण्डार पत्ता लगाएको जानकारी सार्वजनिक गरेको छ ।

एक विज्ञप्तिमा रोभरले मंगल ग्रहको एक नमूना लिएर लेजर स्पेक्ट्रोमिटरको सहायताले यसको परीक्षण गरेको उल्लेख गरेको छ ।

मिथेनको यति ठूलो भण्डार फेला पर्नु निकै ठूलो हर्षको विषय भएको नासाको भनाइ छ । पृथ्वीमा सूक्ष्म जीवाणुको जीवनका लागि मिथेन एक अत्यन्त आवश्यक ग्यास हो । त्यहाँको चट्टान र पानीको क्रियाबाट यो ग्यास निर्माण भएको पनि हुन सक्ने नासाको अनुमान छ ।

यो रोभरमा मिथेनको स्रोत के हो भनी निश्चित रुपमा थाहा दिने कुनै उपकरण जडान नगरिएको हुनाले हाल यो कुरा अझै शोधको विषय बनेको छ । रोभरले योभन्दा अगाडि पनि मंगलमा मिथेन ग्यास रहेको पत्ता लगाइसकेको छ ।

त्यस्तै, रोभरले मंगल ग्रहमा हिलो माटोको एक ठूलो भण्डार पनि पत्ता लगाएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक विज्ञप्तिमा क्युरियोसिटी रोभरले मंगलका दुई स्थान अबेरलेडी र किलमारीका ढुंगाको नमूना संकलन गरेको उल्लेख गरेको छ । मंगलमा मिशनको २ हजार ४ सय ५ औं दिन मंगल ग्रहका अनुसार १२ मेमा रोभरको एक नयाँ सेल्फीमा यसको पत्ता लागेको बताइएको छ ।

नासाका अनुसार खनिजले भरिएको यो क्षेत्र सानो पहाड सार्पको छेउमा छ । यहाँ सन् २०१२ मा क्युरियोसिटी यानले ल्यान्ड गरेको थियो । क्युरियोसिटी यान माउन्ट सार्पमा अर्बौं वर्षपहिले त्यहाँ जीवनको लागि उपयुक्त वातावरण थियो कि थिएन भन्ने अनुसन्धान गरिरहेको छ ।

पानी भएको स्थानमा नै हिलो माटो हुन सम्भव छ । जहाँ पानी छ, त्यहाँ जीवन हुने सम्भावना पनि त्यत्तिकै धेरै रहन्छ । रोभरको एक विशेष उपकरण केमिन केमेस्ट्रिी र मिनरोलोजीले गिलो माटोको खनिज भएको क्षेत्रमा खनेर पाइएको ढुंगाको पहिलोपटक विश्लेषण गरेको हो । केमिनले केही मात्रामा हेमाटाइट पनि प्राप्त गरेको छ । यो आइरन अक्साइड खनिज हो, जुन उत्तरी भेगमा अवस्थित भेरा रुबिन नामक पहाडी क्षेत्रमा धेरै मात्रामा पाइन्छ ।

त्यस्तै, नासाका अनुसार गेल क्रेटरमा एक समय धेरै मात्रामा पानी भएको प्रमाण मिलेको छ । यद्यपि, यसबारे अनुसन्धान जारी छ । पुरानो तलाउको हिलो माटोबाट उक्त क्षेत्रमा रहेको चिल्लो ढुंगाको निर्माण भएको नासाको अनुमान छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata