शताब्दीकै सबैभन्दा ठुलो हिरा भेटियो

शुक्रबार, बैशाख १३, २०७६



बोत्स्वाना । भूपरिवेष्ठित अफ्रिकी मुलुक बोत्स्वानामा यस शताब्दीकै सबैभन्दा ठुलो अटुट हिरा भेटिएको छ ।  लुकरा डायमण्ड कर्पले हिजो (बिहिबार) एक विज्ञप्ति मार्फत सो कुरा बताएको हो ।

टेनिसको बल भन्दा ठुलो यस हिराले  इतिहासकै दोस्रो ठुलो हिराको स्थान ओगट्न सफल भएको छ ।  २६ जनावरी १९०५ मा उत्खनन गरिएको कुल्लीनान् हिरा(Cullinan Diamond) इतिहासकै सबैभन्दा ठुलो हिरा हो ।

१७५८ क्यारेट यस हिराको ३५२ ग्राम तौल नापिएको छ । यस हिरा लुकराले कारवोई खानीमा भेटाएको हो ।

2019-04-25T193934Z_1_LYNXNPEF3O22U_RTROPTP_4_LUCARA-DIAMOND-RECORD-696x463

लुकरा डायमण्ड कर्प लाइसेन्स प्राप्त क्यानेडियन खनिज उत्खनन संस्था हो, जो बोत्स्वानामा स्थापित गरिएको छ ।

 

 

 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank