कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट

सोमवार, असार १, २०७७



काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७ ०७८ को लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सोमबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले  कर्णाली प्रदेश सभामा प्रदेश सरकारले चालू खर्चतर्फ ११ अर्ब ६७ करोड ५७ लाख र पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख रुपैयाँ विनियोजन  बजेट प्रस्तुत गरेका हुन् ।

त्यस्तै आन्तरिक राजस्वबाट ३० करोड ६ लाख, चालू आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने रकम ११ अर्ब १९ करोड नौ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँडबापत प्राप्त हुन आएको रकम सात अर्ब ३९ करोड ५६ लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको नौ अर्ब ५३ करोड २९ लाख र ससर्त अनुदानबाट चार अर्ब ४९ करोड ११ लाख रुपैयाँ प्रदेशको बजेट प्रस्तुत गरिएको छ ।

कर्णाली प्रदेश सरकारले  कोरोना नियन्त्रण तथा रोकथामलाई विशेष महत्व दिदैं बजेट ल्याएको जनाइएको छ । कोरोनाका् अन्तरर्गत ८७ करोड ४१ लाख र रोजगारी सिर्जनाका लागि दुई अर्ब ५८ करोड २६ लाख बजेट विनियोजन गरेको छ भने अन्य कार्यक्रम र प्रशासनिक खर्चमा आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार विनियोजन गरेको छ ।

साथै प्रदेश सरकारले बैठक भत्ता र खाजा खर्च कटौती, नयाँ गाडी नकिन्ने समेत घोषणा गरेको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक र जोखिम भत्ता र खाजा खर्च कटौतीको घोषणा गरेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments