ठेकेदारलाई कारवाही सरकार भित्रै झगडा

नेता ठेकेदार नै ठग !

सोमवार, असार ४, २०७५

- भगवान खड्का



‘जोसुकैको घरधनी भए पनि काम नगर्ने ठेकेदारलाइ कारवाही नगरी नछाड्छु । काम नगर्ने ठकेदार तत्काल पक्राउ पर्छन । जेठ २४ गते गते गृह मन्त्री रामबहादुर थापाले एउटा कार्यक्रममा भने । ‘ढुक्क भएर काम गरे हुन्छ कसैले पक्राउ गरे मलाई आएर भन्नुहोला’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ज्ञापनपत्र बुझाउन गएका ठेकेदारलाई भने । केही दिनयता गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने ठेकेदारलाई कार्वाही गर्ने भन्दै मातहतका निकायलाई सक्रिय बनाएका छन् । गृहमन्त्रालयले ठकेदारको सूची समेत तयार गरिसकेको छ । गृह मन्त्रालयले थालेको सार्वजनिक अपराध सम्बन्धी कानुन अन्तर्गत हो ।

भौतिक पूर्वाधार मन्त्रीले गृहमन्त्रीको योजनामा सहयोग होइन असहयोग गरेको देखिन्छ । ठेकेदार अनुगमन गर्न प्रधानमन्त्री मातहतमा रहेको निकाय पनि मौन छ । जनशक्ति नभएको भन्दै चासो दिएको देखिदैन । योजनाको डिजाइन, लागतदेखि ठेकेदारको अनुमगन र कारवाही गर्न प्रधामन्त्रीकै मातहतमा छुट्टै निकाय स्थापना गरिएको छ।

प्रधानमन्त्री मातहत रहेको यो सार्वजनिक खरिद अनुगमन कार्यालयको मुख्य काम विकास निर्माणदेखि ठेक्कापट्टाको लागत, डिजाइन, गुणस्तर, अनुगमन र समयमै काम नगर्नेलाई कारवाही गर्नु हो । तर त्यसले कुनै चासो दिएको छैन । विभागिय मन्त्रालयका रुपमा हरहेको पूर्वाधार मन्त्रालयले पनि कारवाही प्रक्रियाका विषयमा चासोदिको छैन । मन्त्री महासेठ ठकेदारलाई पक्राउ परेर थुन्नेभन्दा पनि जिम्मेवार बनाउनुपर्ने बताउछन् । ‘कसैलाई पक्राउ गरेर थुनेर समस्या समाधान हुँदैन ’मन्त्री महासेठले नेपालपाटीसँग भने, ‘ उनीहरुलाई जिम्मेवार बनाउनुपर्छ तर थुन्दैमा समस्या समाधान हुँदैन । ’

गृहमन्त्री थापाले भने काम नगर्ने ठकेदारलाई नयाँ कानुन बनाएर फौजदारी सजायमा ल्याउन लागेको बताए । सरकारी ठेक्का हात पारेर वर्षौसम्म योजना अलपत्र पार्नेमा सांसद तथा मन्त्रीका निर्माण कम्पनीहरुनै अगाडि छन् ।

हाल देश भर १२ हजार पाँच सय निर्माण कम्पनिले सरकारबाट इजाजत लिएका छन । जसमध्ये ७ हजार मात्रै क्रियासिल छन् । ती मध्ये अधिकांश कामको अग्रीम पेश्की लिने तर समयमा काम नगर्नेहरु छन् । अब त्यस्ता ठेकेदार तथा कम्पनि उम्किन नसक्ने गृहमन्त्रीको दावी छ । ठेकेदार सांसद तथा मन्त्रीले हात पारेका ठेक्कापट्टामा वर्षौदेखि लापरवाही हुँदा पनि कारवाही भएको छैन ।

वडा अध्यक्ष देखि प्रदेश तथा संघीय संसदमा गरी १ सय ८० जना भन्दा बढी ठेकेदारहरु सांसद छन् । संघीय संसदमा मात्रै ५ जना ठेकेदार छन् ।

यी हुन ठकेदार सांसद

संघीय समाजवादी फोरमका सांसद हरिनारायणप्रसाद रौनियारको पप्पु कन्सट्रक्सन कम्पनी देशभर १७ अर्बका १ सय ३१ आयोजना । तर कुनैपनि काम समयमा सकेको रेकर्ड छैन ।

रसुवाबाट प्रत्यक्ष निर्वाचित नेपाली कांग्रेसका मोहन आचार्य : रसुवा निर्माण कम्पनी

नेपाली कांग्रेस नुवाकोटबाट समानुपातिक सांसद बनेका बहादुर सिंह लामा :  १२ अर्ब रुपैयाँ भन्दा बढीको ठेक्का

नेपाली कांग्रेस दोलखाका सामानुपातिक सांसद जिपिछिरिङ लामा : लामा कन्स्ट्रक्सन

संस्कृति तथा पर्यटन राज्यमन्त्री बनेका धनबहादुर बुढा : कन्सट्रक्सन कम्पनी

यी कुनैपनि नेताले समयमा लिएको काम सकेका छैनन ।

487 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank