मुम्बईमा तीन वर्षीया बालिकालाई सातौं तलाबाट फालियो

आइतवार, भदौ २२, २०७६



एजेन्सी । दक्षिण मुम्बई कोलाबा इलाकामा गत शनिबार साँझ एक अपार्टमेन्टको सातौं तलाबाट एक बालिकालाई तल खसाइयो ।

तीन वर्षीया बालिकालाई बालिकाको बाबुको साथीले सातौं तलाबाट फालेसँगै उक्त कार्यलाई अत्यन्तै घृणित कार्य भन्दै सामाजिक संञ्जाल तातेको छ । गत शनिबार साँझ ७.३० बजे कोलाबामा तीन वर्षीया बालिकाको हत्या भएसँगै घटनास्थल पुगेको प्रहरीले उक्त घृणित हत्यारालाई पक्राउ गर्न सफल बनेको छ ।

प्रहरीले उक्त घृणित कार्य अभियुक्तले किन गरे भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata