एनआरएन अमेरिका युथ लिडरशीप छात्रवृत्तिमा जनजातिलाई विभेद !

शुक्रबार, असार १५, २०७५



अमेरिका । एनआरएन अमेरिकाले अमेरिकास्थित नेपाली विद्यार्थीहरूलाई लक्षित प्रदान गरेको युथ लिडरशिप छात्रवृत्ति २०१८ मा जनजातिलाई नसमेटेको भन्दै आलोचना भएको छ ।

छात्रवृत्तिका लागि नर्थ–ईस्टबाट शिष्टता पौडेल, साउथ रिजनबाट पुजन दाहाल, मिड वेस्टबाट अशिमविक्रम अधिकारी र वेस्टबाट गणेश सापकोटा छनोट भएका छन् ।

छात्रवृत्ति छनोटमा जनजातिहरूको विरोध रहेको न्यूयोर्कबाट सोनाम गेल्बु शेर्पाले बताए । निर्णय सच्याएर जनजातिको पनि प्रतिनिधित्व गराउन जनजाति अगुवाहरूले माग गरेका छन् ।

एनआरएन अमेरिका युथ संयोजक तथा युथ लिडरशीप अवार्डका संयोजक स्वराज खातीलाई एनआरएनबाट तुरुन्त राजीनामा गर्न समेत उनीहरूको माग छ । सामाजिक कार्य सवैभन्दा बढी जनजातिले गरेको तर, छात्रवृत्तिमा भेदभाव भएको शेर्पाले बताए ।

451 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank