त्रिबि सेवा आयोग खारेजको माग गर्दै चार दिन देखी रिले अनशन

बिहिबार, जेष्ठ ९, २०७६



काठमाडौं । त्रिबि सेवा आयोगको खारेजीको माग गर्दै मोहन बैध नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चार दिन देखी रिले अनशन जारी राखेका छन् ।

गत सोमबार देखि त्रिबि सेवा आयोग खारेज गर,आयोगका भ्रष्ट पदाधिकारीलाई तत्काल बर्खास्त गर, अबैधानिक रुपमा प्रकाशित गरेको नतिजा खारेज गर लगायतका माग राख्दै रिले अनसन शुरु गरिएको अखिल क्रान्तिकारी काठमाडौं संयोजक संघर्ष दाहालले जनाएका छन ।

केही दिनअघि प्रकाशित गरेको सेवा आयोगको कर्मचारी सूचीमा धेरैजसो आयोगका पदाधिकारीका आफन्त र राजनितिक दल निकटका व्यक्तिहरुलाई छनौट गरिएको भन्दै चौतर्फी विरोध भएको छ ।

अखिल क्रान्तिकारीका विद्यार्थीले उठाएको सवाल जायज भएको भन्दै त्रिविमा अध्ययनरत विद्यार्थीहरुको ऐक्यबद्धता रहेको नयाँ शक्ति पार्टीका विद्यार्थी नेता हेमराज थापाले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata